बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

काठमाडौँ । बैङ्किङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो । उनी विरुद्ध परेको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख पचास हजार रुपैयाँ जरिवानासहित २१ दिन […]

सम्बन्धित सामग्री

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ […]

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो । २०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख […]

बैङ्किङ कसुर मुद्दामा दुई महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैङ्किङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैङ्किङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय […]

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको छ । बर्दियाको बार बर्दिया नगरपालिका–१ जमुनिया घर भई हाल काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै आएका ३४ वर्षीय दिनेश भक्त वलीलाई पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७८ फागुन १६ र १७ गते बैङ्किङ कसूरमा दोषी ठहर गर्दै […]

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक उपाध्याय पक्राउ

काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैङ्किङ कसुर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो । उनलाई चन्द्रागिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनी विरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

बैङ्किङ कसुर मुद्दाका फरार व्यक्ती पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा एक जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१२ बस्दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैङ्किङ कसुरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ […]

बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ९ घर भई हाल काठमाडौँस्थित सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँस्थित तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै […]

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ घर भएका ६७ वर्षीय कृष्णबहादुर थापालाई वीरगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।रवीन्द्र थापाको जाहेरीमा उच्च अदालत पाटनले कृष्णबहादुर विरुद्ध २०७७ मंसिरमा १ करोड २५ लाख बिगो र ७५ लाख जाहेरवालालाई भराउने फैसला गरेको थियो । बैङ्किङ कसुरको सो मुद्दामा उनलाई अदालतले १७ दिन कैद तोकेको थियो

बैङ्किङ कसुर मुद्दाकाे फरार पवित्रा श्रेष्ठ पक्राउ

काठमाडौं : बैंक खातामा रकम नभएको चेक दिने पवित्रा श्रेष्ठलाई प्रहरीले पक्रेको छ। चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएकी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। काठमाडौं पुरानो बानेश्वरकी श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।श्रेष्ठले नबिल बैङ्कको खातामा पैसा नभएको १४ लाख रुपैयाँको चेक दिएर झुक्याएको उच्च अदालत पाटनले ठहर गरेको थियो।