राप्ति पारी चिकित्सक अभाव - Karobar National Economic Daily

नेपालगन्ज । राप्तीपारीको बघौडामा रहेका स्वास्थ्य केन्द्रहरूमा एमबीबीएस चिकित्सकको दरबन्दी हुँदा पनि लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले डाक्टर खटाउन सकेको छैन । सरकारी छात्रवृत्ति तथा जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत दरबन्दी…

सम्बन्धित सामग्री

मुस्ताङ अस्पतालमा चिकित्सक नहुँदा सल्यक्रिया बन्द

काठमाडौं । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभाव भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएपछि शल्यक्रिया पनि बन्द भएको छ । चिकित्सक अभावमा शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा पनि बन्द भएको छ । जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको छ । चिकित्सक डा. मुुखिया घले […]

दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

काठमाडौँ, ५ चैत । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन […]

मनाङमा चिकित्सक अभाव, अस्पतालको जिम्मेवारी अहेवलाई

हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ। सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन्।

मनाङमा चिकित्सक अभाव

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पँदा स्थानीयवासी झन् चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेको गुनासो […]

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

दार्चुला । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।       जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।       प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले जानकारी दिए । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनैजना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् । जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभर १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको संख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा चार हजार २२३, दुहुँमा पाँच हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा सात हजार ६८१, अपिहिमाल गाउँपालिकामा तीन हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा आठ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्र लगाएका छन् । जिल्लाभर खोपको पहिलो मात्रा लगाउनेको संख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । रासस

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।  जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...

दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामी मर्कामा

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

कोरोनाका कारण ओलम्पिक खेललाई चिकित्सक अभाव

सन्न २०२० मा सम्पन्न हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस महामारीले स्थगित भएर आउँदो जुलाई २३ बाट आयोजना गर्ने अन्तिम तयारी भैरहेका बेला कोरोनाको नयाँ भेरियन्ट संक्रमण फैलिएपछि थप चुनौतिपूर्ण बनेको छ । यसबीचमा ओलम्पिकका लागि आवश्यकस्वयंसेवी चिकित्सकको अभाव हुन थालेको छ । जापानमा कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिइरहेको र देशका अधिकांश क्षेत्रमा संकटकाल घोषणा गरिएको …

वीर अस्पतालको दुई सय बेडको नयाँ भवनमा कोभिड बिरामीको मात्र उपचार

'हामीलाई अरू कुनै समस्या हुँदैन तर स्टाफ नर्स र सरसफाइ कर्मचारी अभाव छ,' उनले भने, 'बरू हामीलाई चिकित्सक अभाव हुन्न। हामी यता रहेका चिकित्सकलाई त्यता खटाउन सक्छौं।'