मुस्ताङ अस्पतालमा चिकित्सक नहुँदा सल्यक्रिया बन्द

काठमाडौं । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभाव भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएपछि शल्यक्रिया पनि बन्द भएको छ । चिकित्सक अभावमा शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा पनि बन्द भएको छ । जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको छ । चिकित्सक डा. मुुखिया घले […]

सम्बन्धित सामग्री

अस्पतालमा जनशक्ति अभाव

मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा १८ जनाको दरबन्दी भए पनि छ जना मात्रै कार्यरत छन् । मुस्ताङको सदरमुकाममा रहेको १५ शय्याको जिल्ला अस्पतालको क्षमता २०७७ सालमा २५ शय्याको बनाइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारीसमेत नभएको बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल पाँच दशक हुँदासम्म पनि सहज तरिकाले सञ्चालन हुन सकेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सधैँ मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

बागलुङमा डेंगी बढ्यो तर परीक्षण किट छैन, कास्कीमा १ हजार ४०० बढी डेंगी संक्रमित

बलेवा । बागलुङ जिल्लामा डेंगीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेंगीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेंगीरोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औंल्याउँदै मङ्गलबार डेंगी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो ।      जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिनुभयो । अहिले डेंगीपरीक्षणको कीट नभएकोले रगत परीक्षण गर्न नसकिएको उनको भनाइ थियो ।      स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, “तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।” धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो । अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत ज्वरोका मात्रै भएको तथ्याङ्क छ । “दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, “अहिलेको महामारी भएकोले सबैको डेंगीपरीक्षण गर्न चाहेर पनि सकिएको छैन ।” अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेंगीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको बताउँदै उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने ।कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।      प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए । चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए ।      कास्कीमा  १ हजार ४०० बढी डेंगी संक्रमित कास्कीमा पछिल्ला दिनमा डेंगीको सङ्क्रमण बढेको राससले समाचार संप्रेषण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगी भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगीका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।      “अहिले दैनिक डेंगी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”      स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेंगीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।” आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न संघसस्थाले डेंगी सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । वर्षात्को समयमा पानी जम्ने भएकाले डेंगीको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेंगी सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । रासस

मुस्ताङमा शल्यक्रिया गर्ने डाक्टर छैन, कहाँ जाने विरामी ?

मुस्ताङ : जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो। जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो। अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिका

चिकित्सक, आईसीयू र भेन्टिलेटरविहीन मुस्ताङ

३१ वैशाख, बलेवा । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरियन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना संक्रमित छन् । जिल्लाको चारवटै …

मुस्ताङबाट २० हजार भेड च्याङग्रा बाहिरिने

पोखरा-दसैंलाई लक्षित गरी यस वर्ष करिब २० हजारा भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिने भएका छन् । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीअन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुसालले यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडा च्याङग्रा बाहिरिने भएको बताएका हुन् ।असोज १६ गतेदेखि मुस्ताङबाट दसैंलाई लक्षित गरी मुस्ताङबाट भेडा च्याङग्रा बाहिरिन सुरु भएको […]

जाडो नसकिँदै डेंगुको संक्रमण

तराईमा मात्रै हैन एडिस जातका लामखुट्टे पाइने पहाडी तथा हिमाली क्षेत्रमा समेत डेंगुको जोखिम हुन्छ। मुस्ताङ, ताप्लेजुङ, दोलखाजस्ता हिमाली जिल्लामा समेत डेंगुको संक्रमण देखिन थालेको छ। गर्मी बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा समेत डेंगुको संक्रमण देखिन थालेको चिकित्सक बताउँछन्।

दशैंमा मुस्ताङबाट ३० करोडको भेडा र च्याङ्ग्रा निर्यात

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ हुँदै यस वर्षको दशैंमा करिब ३० करोड रुपैयाँ बराबरका भेडा, च्याङ्ग्राको निकासी भएको छ।  मुस्ताङमा उत्पादन भएकासहित डोल्पा, मुगु र तिब्बतबाट खरिद गरिएका १६ हजार ७०० भेडा, च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको म्याग्दीमा रहेको पशु सेवा केन्द्रअन्तर्गत सम्पर्क कार्यालय मुस्ताङका प्रमुख पशु चिकित्सक श...