काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्रीको नामलाई लिएर नियमापत्ति गरेको छ। एमाले सांसद कृष्णभक्त पोखरेलले अर्थमन्त्री जनार्दन शर्मा हो कि जनार्दन शर्मा 'प्रभाकर' हुन् भनी प्रश्न गरेका हुन्। प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ति गरेका थिए ।‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को नामको