काठमाडौँ- रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् । कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ । स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्च
काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी ६ वटा विद्यार्थी संगठन र विपक्षी दल एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मंसिर १६ देखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो । त्यसपछि पनि […]
त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ ।
त्रिभुवन विश्वविद्यालयका अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढ्ने भएको छ । मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने योजनामा ब्रेक लागेको हो । सो सहमतिसँगै अनेरास्ववियूले विश्वविद्यालयका विभिन्न शाखामा गरेको तालाबन्दी खोलेको छ । त्रिवि वार्ता टोलीका सदस्यसँग ५ बुँदे सहमति गर्दै तालाबन्दी सहितको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियूका वर
विभिन्न शैक्षिक माग राख्दै विद्यार्थी सङ्गठनले गरेको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक कामहरू प्रभावित भएका छन् । त्रिविमा करार सेवाका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विश्वविद्यालय सभाको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीले ताला लगाएका हुन् । गत मङ्सिर १४ गते बसेको त्रिविसभाले शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको थियो ।