विभिन्न शैक्षिक माग राख्दै विद्यार्थी सङ्गठनले गरेको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक कामहरू प्रभावित भएका छन् । त्रिविमा करार सेवाका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विश्वविद्यालय सभाको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीले ताला लगाएका हुन् । गत मङ्सिर १४ गते बसेको त्रिविसभाले शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको थियो ।