नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् । कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ । स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्च