प्रदेश अधिवेशनको पूर्व घोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।बाँकेको जिल्ला स्तरिय निर्वाचनअन्तर्गत १३ मंसिर २०७८ मा मनोनयन दर्ता गर्ने तथा १४ मंसिरमा मतदान गर्ने कार्यतालिका सार्वजनिक भएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन १५ मंसिरदेखि प्रारम्भ हुने भएकोल