उत्तर कोरियामा किम जोङ उनले शासन चलाउन थालेको १० वर्ष पुगेको अवसरमा शासनकालको समीक्षा गर्नु वाञ्छनीय छ ।
सन् २०११ आफ्ना पिता किम जोङ इलको मृत्युपछि किम सत्तामा आएका हुन् । जम्मा २९ वर्षको युवा उमेरमै सत्तामा आएका तथा विदेशी शिक्षाको अनुभव लिएकाले किमको शासनकालमा उत्तर कोरिया पहिलेको भन्दा उदारवादी हुने अपेक्षा कतिपयले गरेका थिए ।
पिताभन्दा केही फरक रहँदै किमले आर्थिक प्रगतिलाई आफ्नो प्रमुख एजेन्डा बनाएका थिए । अन्तर्राष्ट्रिय व्यापार, पूर्वाधार निर्माण परियोजना तथा अन्य आर्थिक उपायहरूको महत्त्वाकांक्षा उनले दर्शाएका थिए ।...