पर्साको धोबिनीमा १० करोडको लागतमा अस्पताल निर्माण हुँदै, डेढ वर्षभित्र काम पूरा गर्ने लक्ष्य

वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट २० किलोमिटर पश्चिममा पर्ने धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ। धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ। १० करोडको लागतमा  निर्माण हुने अस्पतालको लागि ठेक्का साकार समेत भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार रौनियारले जानकारी दिए।…