रविले सार्वजनिक गरेको चुनाव लड्न लागेको खर्च, राजनीतिक भेटघाटको लागि आज काठमाडौँ आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  आफ्नो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको बताएका छन्। यसमा पछिसम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब नजोडिएको उनले बताए ।औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनले बताएका छन्। त्यस्तै उनले आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको बताएका छन्। लामिछाने राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ आउंदै छ। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर सेवामा समर्पित हुने पनि बताएका छन्। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिन आग्रह गर्दै उनले सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गरेका छन्। आज बाटै नै काममा लागेको उनले उल्लेख गरेका छन् ।यस्तो छ उनले आज राखेका बुँदागत जानकारी : १) मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन) २) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु। ३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन) ४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला। ५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ। ६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु। ७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु। ९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको 'भन्नुहोस् के सेवा गरौ' लेखिएको बाकसमा खसाउनु होला। १०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ । साथै, भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने...

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्न लाग्नु भएको हो । पार्टीले यसपटक प्रदेश सभाको चुनाव […]

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ । चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ ।  द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्र...

रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’

काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् । उनले आज (मंगलबार) एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको […]

राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट […]

अब मतपत्रमा चुनाव चिह्न हरियाे रङ्गकाे

काठमाण्डाै – निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको छ । आज साेमवार आयोगले आउँदाे स्थानीय तह चुनावकाे तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म–संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिनुभय...

बार एशोसियसनको चैत्र १९ गते चुनाव हुँदै, निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसियसनको चैत्र १९ गते निर्वाचन हुँदैछ । बारको निर्वाचन समितिले आज (सोमबार) निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनबाट एक अध्यक्ष, ८ जना उपाध्यक्ष, एक महासचिव, १ जना कोषाध्यक्ष र १४ जना सदस्यहरु निवार्चित हुनेछन् । सार्वजनिक भएको तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, […]

सरकारले तीनै तहकाे चुनाव समयमै गर्छ : प्रवक्ता कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताउनुभएको छ ।  नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको चुनाव हुने प्रष्ट पार्नुभएकाे हो । आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि ...

अध्यादेशमार्फत नयाँ बजेट आज सार्वजनिक गरिँदै

सरकारले शनिवार (आज) अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बजेट ल्याउँदैछ ।  प्रतिनिधि सभा विघटन भएपश्चात सरकारले अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागेको हो ।  जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था भएअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।  नयाँ बजेटले चुनाव,  कोरोना महामारी न्यूनिकरण र रोकथाम, कोरोना भाइरस विरु...