मौरी भन्नेवित्तिकै गुलियो महको सम्झना आउँछ । महको सम्झनाले मुख रसाउनु स्वाभाविक मानिन्छ । तर, जलवायु परिवर्तनका कारण विश्वबाट मौरीको संख्या भने घट्दो क्रममा देखिन्छ । अहिलेकै अनुपातमा माहुरी कम हुँदै जाने हो भने मह खानमात्र हैन खाद्यान्न नै खान नपाएर मानव जाति नै समाप्त हुनेजस्तो हृदयस्पर्शी रहस्य पनि मौरीसँगै जोडिएको छ ।
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्, “यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि अस्तित्व रहने छैन ।” आइस्टाइनले यो भनाइ यत्तिकै भनेका भने होइनन् ।