शिक्षामन्त्री श्रेष्ठविरुद्ध रूपा सुनार सर्वोच्च पुगिन्

काठमाडौं : जातीय कारणले काठमाडौंमा कोठा नपाएकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नाममा सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।आफूलाई कोठा भाडामा नदिने घरबेटीसहित ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाएर ल्याउने मन्त्री श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। विपक्षी सबैलाई जातीय छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने रुपाले माग गरेकी छिन्। रुपालाई बबरमहलकी एक महिलाले जाती

सम्बन्धित सामग्री

असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।

एमाले बैठकमै मागियो मन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा (एमाले)को बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा नैतिकताको प्रश्न उठेको भन्दै उनको राजीनामा मागिएको हो । साबिक महाधिवेशन आयोजक कमिटी सदस्य एवं पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले उनको राजीनामा मागेका थिए । उक्त प्रकरणलाई लिएर व्यापक विरोध...

मानव अधिकार आयोगले शिक्षामन्त्रीसँग रूपा सुनार प्रकरणबारे स्पष्टीकरण सोध्यो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग रूपा सुनार प्रकरणमा स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको आयोगका महासचिव तथा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

रुपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठले गरेको हस्तक्षेपविरुद्ध चौतर्फी विरोध

सञ्चारकर्मी रुपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भएको छ । सरकारवादीमा मुद्धामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका...

किन जन्मिन्छन् रूपा सुनारहरू ?

यतिबेला सामाजिक सञ्जालमा रूपा सुनार निकै चर्चामा छिन् । जातका कारण कोठा भाडामा बस्न नपाएपछि उनी एकाएक चर्चामा छिन् । कतिसम्म भने उनले घरपेटीमाथि मुद्दासमेत चलाइन् । तर, आरोपीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाए । यसले कस्ता मानिसहरूको हातमा राज्यको बागडोर पर्दै आएको छ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।हामीले नै जातीय, लैङ्गिक लगायत सामाजिक विभेदको अन्त्यको कुरा उठान गर्ने, अनि हामीले नै त्यसलाई संरक्षण गर्ने भूमिकाले सामाजिक न्याय सङ्कटमा परेको छ ।जातक‌ै कारण कसैले विभेद भोग्न