असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।

सम्बन्धित सामग्री

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । सञ्चारकर्मी रुपा सुनारले गत असार […] The post रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सर्वाेच्चले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो

काठमाडौँ । सर्वोच्च अदालतले  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ । सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन् । सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्ष…

शिक्षामन्त्रीबाट न्यायिक प्रक्रियामा हस्तक्षेप: नागरिक समाज

गत असार १ मा राजधानीमा रूपा सुनारले कोठा खोज्ने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको जातीय विभेदको घटनामा शिक्षामन्त्रीले ठाडो हस्तक्षेप गरी अनुसन्धान र छानबिनविना आरोपितलाई उन्मुक्ति दिने कार्य गरिएको घटनाप्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ।