संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन् । सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे ।