बझाङमा गठबन्धन : कांग्रेसलाई सात, समाजवादीलाई तीन र माओवादीलाई दुई (निर्णयसहित)

कैलाली । आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङमा गठबन्धनका दलहरू सहमति जुटेको छ । १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात स्थानीय तह, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाउने सहमति भएको छ । दुई नगरपालिका रहेको बझाङमा दुवै नगरपालिका नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । १२ स्थानीय तहमा रहेका […]

सम्बन्धित सामग्री

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ: सुरेन्द्रराज पाण्डे

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले नेपाली कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका- ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,’कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।; पार्टीको […]

कांग्रेस विकेन्द्रीकृत हुनुपर्छः डा.शशांक कोइराला

नेपालगञ्ज – कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस, बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रीकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रीकरण जरुरी रहेको उल्लेख गरे। जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै धु्रवीकृत […]

कांग्रेसलाई काम गरेर देखाउने अवसर छ: मीनेन्द्र रिजाल

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले कांग्रेसलाई काम गरेर देखाउने अवसर रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले आइतबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए। ‘अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा […]

कांग्रेसलाई अब भाग्ने छुट छैन : उपसभापति गुरुङ

कांग्रेस उपसभापति धनराज गुरुङले देशमा राजनीतिक तरलता छ भनेर कांग्रेसलाई भाग्ने छुट अब नभएको बताएका छन् । उनले अहिलेका १० राजनीतिक दललाई नेतृत्व गरेको कांग्रेसले स्थायी सरकार दिएर देशलाई पाँचै...

कांग्रेसलाई ठूलो दल बनाएकोमा देउवाले दिए मतदातालाई धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेकादेउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्। 'प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,' ट्वीटरमा लेखेका छन् । कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठू

तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन

२३ कात्तिक, तेह्रथुम । जनता समाजवादी पार्टीले तेह्रथुमको प्रदेश सभा १ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । जसपाका उम्मेदवार सूर्यबहादुर लिम्बुले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्दै कांग्रेस उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्ने बताएका छन् । सुब्बालाई यहाँ सत्ता गठबन्धनको साथ छ । जसपाले देशका अन्य स्थानमा नेकपा एमालेसँग तालमेल गरेको भए पनि तेह्रथुमको […]

कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रचण्डको प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन्। बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्।  प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ।बैठकमा सहभागी ती नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०, ८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन्। ५० सिट आफू राख्ने नियत उह

कांग्रेसलाई वामपन्थीसँग मिलेर समाजवादको यात्रातर्फ आउन खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको छ । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरुसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको हो । उहाँले कांग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले कांग्रेस समाजवादमा नआउने हो भने […]