एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकत