काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई दबाब बढाएसँगै दलहरू चुनावी तयारी मोर्चामा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट होमिएका कम्युनिष्ट घटकका अन्य दलहरूले चुनावी मोर्चाको प्रयास गरेका हुन्। वामपन्थी एकता गराउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिष