पुस १८ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौँबाट करिब २ सय २० जनामाथि पक्राउ पुर्जी जारी भइसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको अनुसन्धानमा अख्तियारद्वारा मुद्दा दायर भइसकेका बाहेक पनि अन्य केही व्यक्तिमाथि सीआईबीले मुद्दा दायर गर्ने अन्तिम तयारीमा पुगेको हो ।बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले