कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।...
काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।...
नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ । साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित
अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ । साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित
अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
भदौ २७, काठमाडौं । अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ ।
यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
भदौ २५, काठमाडौं । अपि पावर कम्पनीको अठारौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेको आव २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत अर्थात् १ः०.३९३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी हकप्रद शेयर जारी गर्दा विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गरेको छ ।
साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित समेत गरेको छ ।
भदौ १९, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसअघि कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पूँजीको २ बराबर१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।
सभालेआर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
सभाबाट सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।