काभ्रेपलाञ्चोक– भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय बासिन्दा ४७ वर्षदेखि लालपूर्जाविहीन समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । मन्त्री रञ्जिता श्रेष्ठलाई बाग्मती प्रदेशसभा सदस्य रुकू चौलागाईँ, गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेललगायतको एक टोलीले मङ्गलबार भेट गरी उक्त समस्याको समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । भेटमा मन्त्री श्रेष्ठले गाउँपालिकाको […]