म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि आयो सञ्चालनमा

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक चार दिनपछि सञ्चालन भएको छ। पर्वतको जलजला गाउँपालिका-७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो। पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक…

सम्बन्धित सामग्री

कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

गलेश्वर (म्याग्दी), २२ पुस । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् । सिमसार […]

अलपत्र बागलुङ–म्याग्दी सडक निर्माणलाई गति दिइने

म्याग्दी, २७ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको बताएका छन्। अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुग्जालीले गलकोट ताराखोला हुँदै म्याग्दीको रुम […]

म्याग्दी खोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीमा गाउँगाउँमा पुग्ने सडक, पुल निर्माणले तीव्रता पाएको छ । म्याग्दीको पश्चिम भेगका जनतालाई लक्षित गरेर म्याग्दी नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । हालसम्म चारवटा पुल बनिरहेका छन् भने अन्य ठाउँमा आवश्यकता अनुसार निर्माण हुने चरणमा छन् । पुल बनेपछि जोखिम मोलेर नदीमा सवारी आवतजावात गर्ने समस्या घट्दै गएको छ । मालिका गाउँपालिका–१ […]

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

म्याग्दी, १३ वैशाख । मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक […]

बेनी–जोमसोम सडक : म्याग्दी खण्डको काम सुस्त

म्याग्दी : बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनासहित काम शुरु भएको पाँच वर्ष भयो। २०७४ सालको जेठ महिनामा सुरु भएको यो आयोजनाको म्याग्दी खण्डको निर्माण अझै पूरा भएको छैन। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक अलपत्र बनेको छ। मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नाजुक छ। बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा काम अघि बढाइएको थ

म्याग्दी खण्डको काम सुस्त, पर्यटकलाई सास्ती

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो । भौतिक पूर्वाधार […]

मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]

म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

म्याग्दी – लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।    यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर...

म्याग्दी : पहिराेले एक घर भत्कियाे, बेनी–जोमसोम सडक बन्द

म्याग्दी – हिजो रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक घर भत्किएको छ ।  रत्नेचौरको सालघारी बस्ने भीमबहादुर थापाको दुईतले घरमा पानी चुहिएर गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाह्रो भत्किएर घरमा बस्न नमिल्ने भएपछि थापाको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।  वर्षाकै कारण सडकभन्दा माथिबाट पहिरो खसेर हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड बन्द भएको छ ।  सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्...

बाटो भन्नै लाज लाग्दो म्याग्दी र मुस्ताङ जोड्ने सडक (फोटो फिचर)

पर्वत : म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग भनेको मालढुंगा बेनी सडक खण्ड हो।खाद्यान्नदेखि निर्माण र अन्य सबै सामग्रीहरू उक्त सडक मार्गबाट ओसारपोसार हुने गरेका छन् भने एम्बुलेन्स पनि रफ्तारमा हुन्छन्। दैनिक सयौँको सङ्ख्यामा सवारीहरू आउजाउ गर्ने सडकको अवस्था हेर्दा लाग्छ कि राज्यले त्यो ठाउँ देखेको नै छैन।करिब २५ वर्ष अगाडि बनेको सडक लामो समयपछि कालोपत्रे त भयो तर अहिले सडकमा कालोपत्रे कहाँ छ? भनेर खोजे देख्नै पाइँदैन। पवित्र कालीगण्डकी नदीको ति