हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

सम्बन्धित सामग्री

माइनस १२ डिग्री सेल्सियसमा दिए विद्यार्थीले पूरक परीक्षा

सिमकोट – तापक्रम माइनस १२ डिग्री सेल्सियसमा सिमकोट गाउँपालिकाका कक्षा आठ विद्यार्थीले पहिलो पटक पूरक परीक्षा दिएका छन्। सो परीक्षा पूर्वनिर्धारित भएको कारण यही बेला हिमपात भएकाले चिसो बढे पनि विद्यार्थीले परीक्षा दिनै परेको हो। विद्यार्थीले तापक्रम माइनस १२ डिग्री सेल्सियसमा पूरक परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपरेको परीक्षामा सहभागी विद्यार्थी जानकी शाहीले बताइन्। चिसोको कारण […]

चिसोले घाममा बसेर वार्षिक परीक्षा दिँदै विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् ।

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट (हुम्ला) । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला […]

जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्। कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । यही पुस १२ गतेदेखि शुरू गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यमिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए । बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेकाले परीक्षा स्थगन गरिएको विद्यालयले बताएको छ । अर्काे सूचना जारी नहुँदासम्मको अवस्थामा परीक्षा स्थगन भएको शिक्षक खत्रीले जानकारी दिए । सिस्ने गाउँपालिकाले गाउँपालिकाभरि पुस ११ गतेदेखि अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो । गाउँपलिकाभरिमा अन्य विद्यालयमा ११ गतदेखि नै परीक्षा शुरू भए पनि पाखापानीमा भने १२ गतेदेखि मात्रै परीक्षा शुरू भएको सिस्ने गाउँपलिका शिक्षा शाखाका प्रमुख मंगलसिहं बुढाले बताए । अहिले अत्यधिक चिसो र हिउँले गर्दा विद्यार्थी विद्यालयसम्म पुग्ने वातावरण नहुँदा सिस्ने–१ को परीक्षा स्थगन गर्नुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख बुढाको भनाइ छ । सिस्ने गाउँपालिकाभित्रका विद्यालयमा पुस २० गतेभित्र परीक्षा सकाएर एक सातालाई जाडो बिदा गर्ने गाउँपालिकाले बताएको छ ।  रासस

चिसो बढेपछि घाम तापेर परीक्षा दिँदै विद्यार्थी

हुम्लामा हिमपातसँगै तापक्रम माइनस डिग्रीमा झरेर अत्यधिक चिसो बढेपछि मंगलवार खुल्लाचौरमा बसेर परीक्षा दिँदै परीक्षार्थी । तस्वीर: दाने बोहरा/रासस

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

बाहिर हिमपात, माइनस तापक्रम, मुखको बाफले हात सेक्दै परीक्षा !

बाहिर हिमापात जारी छ । थर्मोमिटरले पारो माइनस देखाउँदै थियो खुला कक्षा कोठा भित्र विद्यार्थी परीक्षा दिदै थिए, । नगतिलो झ्याल छ न कोठा तताउने हिटर नै । चिसो निक्कै भए पनि शनिबार बिहानबाट संचालन भएको डिप्लोमा इन सिभिल इन्जिनीयरको पहिलो बर्षको पहिलो सेमेस्टरको परीक्षामा परीक्षार्थीहरुले बाध्य भएर सहभागिता जनाए ।