हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । यही पुस १२ गतेदेखि शुरू गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यमिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए । बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेकाले परीक्षा स्थगन गरिएको विद्यालयले बताएको छ । अर्काे सूचना जारी नहुँदासम्मको अवस्थामा परीक्षा स्थगन भएको शिक्षक खत्रीले जानकारी दिए । सिस्ने गाउँपालिकाले गाउँपालिकाभरि पुस ११ गतेदेखि अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो । गाउँपलिकाभरिमा अन्य विद्यालयमा ११ गतदेखि नै परीक्षा शुरू भए पनि पाखापानीमा भने १२ गतेदेखि मात्रै परीक्षा शुरू भएको सिस्ने गाउँपलिका शिक्षा शाखाका प्रमुख मंगलसिहं बुढाले बताए । अहिले अत्यधिक चिसो र हिउँले गर्दा विद्यार्थी विद्यालयसम्म पुग्ने वातावरण नहुँदा सिस्ने–१ को परीक्षा स्थगन गर्नुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख बुढाको भनाइ छ । सिस्ने गाउँपालिकाभित्रका विद्यालयमा पुस २० गतेभित्र परीक्षा सकाएर एक सातालाई जाडो बिदा गर्ने गाउँपालिकाले बताएको छ ।  रासस

सम्बन्धित सामग्री

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।...

अमेरिकामा बढ्दो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम साइक्लोन’को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ । हिमपात र आँधीका कारण हजारौं उडान रद्द भए भने १५ लाख मानिस बिजुलीबिहीन भएका […]

हुम्लामा लगातारको हिमपातका कारण खोप अभियान प्रभावित

काठमाडौं । हुम्लामा लगातार चार दिनदेखिको भएको हिमपातका कारण खोप केन्द्रमा सेवाग्राही आउन नसक्दा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ । बस्तीसँगै सबै ठाउँमा बाक्लो हिउँ जमेर आवतजावत नै अवरुद्ध हुँदा खोप लगाउने सेवाग्राहीहरु खोप केन्द्रमा आउन नसक्दा समस्या भएको हो । हाल हिउँ पर्न रोकिएको भएपनि अत्यधिक जाडो बढेको र खोप केन्द्र जाने बाटो […]

हिमपातका कारण मनाङमा खोप अभियान स्थगित

काठमाडौं । हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात भएपछि खोप अभियान स्थगित भएको छ । माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातका कारण खोप अभियान स्थगित भएको हो । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको […]

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको हो । यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसोले दैनिकी कष्टकर बनेको […]

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

काठमाडौं : रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ। सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण परीक्षा प्रभावित बन्न पुगेको हो।यही पुसको १२ गतेदेखि सुरु गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यामिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए।मङ्गलबारदेखि बुधबार रातिसम्म बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेका कारण परीक्षा स्थगन गरिएको विद्यालयले जनाएको छ। अहिले त्यहाँ जमिनमा

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातले गाउँ सञ्चारबिहिन […]

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

हिमपातका कारण रारा र सिमकोटमा उडान प्रभावित

१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट बिहीबार सुदूरपश्चिमका विमानस्थलहरुमा भने उडान […]