लामिछानेबारेको प्रधानमन्त्रीको स्पष्टोक्तिमा कांग्रेस असन्तुष्ट, सांसद लेखकले भने– प्रधानमन्त्रीले खोज्नुभएको प्रमाण के हो ?

काठमाडौं । सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।  मंगलवार संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको आधार नभेटिएको बताउनुभएपछि कांग्रेस सांसद रमेश लेखकले यसप्रति असन्तुष्टि जनाएका हुन् ।  ‘प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको सञ्चालक, व्यवस्थापक र शेयर सदस्य केही पनि हुनुहुन्न भन्नुभएको छ । अहिलेसम्म देखिएका प्रमाणबाट सहकारीको रकम हिनामिना भएको देखिएन भन्नुभएको छ । अनुसन्धानबाट अपराध देखिएन भन्नुभएको छ । यस कुरालाई थप राजनीतिकरण गर्न नगर्न भन्नुभएको छ । यसमा हाम्रो चित्त बुझेन,’ उनले भने ।  उनले लामिछानेले सहकारीको रकम हिनामिना गरेको खुल्ने धेरै प्रमाण रहेको दाबी गरे । ‘प्रधानमन्त्रीजीले भन्नुभयो– प्रमाण छैन । पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालिको नाममा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६/४४५६ खडा गरी खाता नम्बर ४९–००७७० पेश्की फछ्र्याैट गरेको भन्ने के हो ?’ उनले प्रश्न गरे ।  ‘जाहेरी दरखास्त परेको छ, ४२६÷१२९ दर्ता छ । कास्की जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । २०८० माघ २२ गते पीडितहरू जाहेरी दरखास्त लिएर गएका छन् । पुरानै जाहेरी दर्ता भएकाले त्यो यसैको निरन्तरता हो भनेर प्रहरीले राखेको छ । यो प्रहरीले लिएर गएको जाहेरी दरखास्त प्रमाण होइन ?’ उनले अर्काे प्रश्न गरे ।  यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले लामिछानेविरुद्ध प्रमाण नभएको बताउनु कि उहाँ (प्रधानमन्त्री)लाई जानकारी दिनुपर्ने निकायले लामिछानेविरुद्ध प्रमाणबारे जानकारी नदिएको वा कि प्रधानमन्त्रीले नै यसलाई गम्भीरतापूर्वक नलिएको भन्ने सांसद लेखकको भनाइ थियो ।   ‘प्रधानमन्त्रीजी आजभन्दा ३–४ दिनअघि पोखरा जाँदा पीडितहरूले भेटेका हुन् कि होइनन् ? अनि पीडितहरूले भेट्दा सहकारीको रकम दुरुपयोग भयो, अपचलन भयो, त्यो रकम अपचलन गर्ने मान्छेमध्ये एकजना हजुरकै क्याबिनेटको उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछाने हुनुहुन्छ भन्ने भनेका हुन् कि होइनन् ?’ उनले भने, ‘पीडितले भनेका कुरा प्रमाण होइनन्, प्रहरीमा दिएको जाहेरी प्रमाण होइन, पोखरा महानगरपालिकाले यही कुरा अध्ययन गर्नका लागि समिति बनाएर समितिले प्रतिवेदन दिएर उल्लेख गरेको कुरा प्रमाण होइन, माननीय रवि लामिछानेले आफैले कागज गरेर सरकारी अड्डामा दिएको प्रमाण होइन भने सम्माननीय प्रधानमन्त्रीजीलाई सम्माननीय सभामुखमार्फत मेरो आग्रह छ– प्रमाण के हो ? के प्रमाण हुँदा अनुसन्धान हुँदो रैछ ।’  उनले नेपालको मौजुदा कानुनी व्यवस्था, नेपालको फौजदारी न्यायको निरन्तरको अभ्यास र स्थापित सिद्धान्तअनुसार पीडितले विधिवत् यदि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ र त्योसँगै केही तत्काल प्राप्त केही छन् भने त्यो प्रमाण हो, त्यति भए अनुसन्धान हुने बताए । ‘यति कुराले प्रमाण हुन्न भने के कुराले अनुसन्धान हुने हो सम्माननीय प्रधानमन्त्री वा गृहमन्त्रीले भनिदिनुपर्याे ?’ उनले प्रश्न गरे ।  उनले लामिछानेविरुद्ध सहकारी रकम हिनामिनाको प्रमाण भएको दाबी गरे ।   सहकारीको रकम हिनामिनाको आरोप लागेका व्यक्ति गृहमन्त्री हुँदा यसले अनुसन्धान प्रभावित पार्ने भन्दै कांग्रेस सांसदहरूले गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेका छन् । आजको बैठकमा पनि कांग्रेस सांसद दीपक गिरीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए ।  उनले विगतमा आफूमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिएको प्रसंग कोट्याए । ‘रामशरण महत अर्थमन्त्री हुँदा उहाँको विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा राजीनामा दिनुभएको थियो । यस्तै, शेरबहादुर तामाङ मन्त्री हुँदा केही कुरा ‘बेठिक’ बोल्नुभएको भन्ने प्रश्न उठ्दा उहाँले पनि राजीनामा दिनुभएको थियो,’ उनले भने ।  विगतमा भरतमोहन अधिकारी, विष्णु पौडेल र जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि बजेटबारे प्रश्न उठेपछि उहाँहरूले राजीनामा दिनुभएको उनले बताए ।  उनले यस घटनाको छानबिनका लागि संसदमा समिति गठन गर्नसमेत माग गरे । 

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले नबुझेको प्रमाण

काठमाडौं– कानून विषयको उच्च शिक्षा अध्ययनमा ‘प्रमाणको सिद्धान्त’ बारे अलग्गै पढाइ हुन्छ । कुन कुरालाई प्रमाण मान्ने र केलाई प्रमाण नमान्ने भन्ने विधिशास्त्रको आफ्नै विकसित मूल्य–मान्यता छ । त्यसैका आधारमा हरेक देशले ‘प्रमाण कानून’ बनाएका हुन्छन् । नेपालमा पनि अलग्गै प्रमाण ऐन–२०३१ विद्यमान छ । विधिशास्त्रले ‘प्रमाण’ सम्बन्धी विषयलाई प्राज्ञिक एवं सैद्धान्तिक अध्ययनको विषय बनाए […]

हरवाचरवाले पाएनन् न्याय, भन्छन्: ‘हामीसँग प्रमाण छैन, पीडा मात्रै छ’

‘स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ’, मुक्त हरवाचरवा आस्ना खातुनले प्रश्न गरिन, ‘सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिँ कसले हो?’...

मिटर ब्याजीको प्रमाण संकलनमा प्रहरी

काठमाडौं । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण संकलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण संकलनमा प्रहरी लागेको हो । मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम […]

मिटर ब्याजीको प्रमाण सङ्कलनमा प्रहरी

मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण सङ्कलनमा प्रहरी लागेको हो ।मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प

चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् । शनिबार दिउँसो बसेको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् एमालेले भन्यो स् चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर […]

प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति

काठमाडौं, भदौ ११ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी तीन दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महाभियोग लगाइएको २१ आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा […]

महाभियोग सिफारिस समितिले माग्यो जबराविरुद्धका प्रमाण

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र्र्रशमशेर जबराविरुद्धका प्रमाण माग गरेको छ। समितिले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी सरोकार राख्ने सम्पूर्ण व्यक्ति वा निकायबाट जबराविरुद्धका प्रमाण माग गरेको हो। ‘प्रतिनिधिसभाबाट गठित...

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।...

पारा खेलाडीलाई प्रमाण पत्र वितरण

काठमाडौँ – सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ। चार खेलाडीलाई दोस्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरिएकाे छ। दोस्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेसा गोवर्द्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन्। पहिलो डानको प्रमाण पत्र पाउनेमा विशाल गर्बुजा, लोकराज […]

जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । अक्टोबर २६ […]