एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक एकताका लागि सर्तैसर्त तेर्स्याएका छन् । अध्यक्ष ओलीले बिहीबार नेपाल विगतको गल्ती स्विकार्दै ‘आत्मसमर्पण’ सहित आए एकता सम्भव रहेको अभिव्यक्ति दिएका छन् । वरिष्ठ नेता नेपालले भने ‘अपमानजनक’ एकताभन्दा ‘विद्रोह’ कै विकल्पमा जाने स्पष्ट पारेका छन् ।