यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०÷२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच