तिहारमा १८ लाख थान माला बिक्री हुने अनुमान, मूल्य बढ्ने

यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् । साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको छ । यसकारण गत वर्षभन्दा यसपटक फूलमाला धेरै किनबेच हुनेछ । गत वर्ष तिहारको तुलनामा यो वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ

सम्बन्धित सामग्री

भाइटीकामा थरीथरीका माला, कति पर्छ मूल्य ?

नेपाल फ्लोरीकल्चार एसोसिएसनकाअनुसार तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने अनुमान गरिएको छ ।

तिहारमा ९० प्रतिशत माला स्वदेशी

अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

काठमाडौं : यो वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अन

तिहारमा १५ करोड बराबरको मालाकाे कारोबार

काठमाडौं : यस वर्षको तिहारमा  १५ करोड बढीको मालाको कारोबार भएको छ। तिहारका लागि १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्री  भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ।एशोसिएसनका अनुसार आन्तरिक बजारमा १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार सयपत्री माला बिक्री भएको छ। त्यसैगरी, १ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार मखमली माला आन्तरिक बजारमा बिक्री भएको छ। भने ५२ लाख ५० हजार रुपैयाँ बराबरको १५ हजार गोदावरी माला आन्तरिक बजारमा बिक्री भएको छ।&nbs