काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादवले ५६५ मत ल्याएका छन्। सर्वदेव ४२६ मतान्तरसहित विजयी भएका हुन् ।
सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ । अध्यक्षमा सिफारिस भएकाहरू सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी […]
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी […]
८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए […]
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश सम्मेलनको बारेमा छलफल गर्न बैठक बोलाइएको...
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने सदस्यको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने...