मंसिर १२, काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।