काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले फागुन १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले बानेश्वर ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्ने छ ।
कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशतको दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
असोज २४, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ । सभा होटल ल्याण्डमार्क, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीले भर्चुअल माध्यमाबाट सभा गर्ने तयारी गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेकाले असोज १० गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सभाका लागि गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ भने हकप्रद शेयर भने साधारण सभाबाट पारित गरेपछि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनु पर्ने हुन्छ ।
असोज ३, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आठौं वार्षिक साधारण सभामार्फत प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।
आइतवार क्वीन्स क्याफे अनामनगर, काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
२० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । कम्पनीले अन्य जलविद्युत् कम्पनीलाई प्राप्ति गर्ने विषयलाई पनि सभामा छलफल गरी अन्तिम रुप दिने तयारी गरेको छ ।
सभाले बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७० दशमलव ४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउँदै थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गरेकाले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं, २७ भदौ । अपि पावर कम्पनी लिमिटेडको १८औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदौ २५ गते भर्चुअल माध्यमबाट लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ […]
भदौ २५, काठमाडौं । अपि पावर कम्पनीको अठारौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेको आव २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत अर्थात् १ः०.३९३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी हकप्रद शेयर जारी गर्दा विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गरेको छ ।
साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित समेत गरेको छ ।
भदौ १, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भदौ २५ गते १८औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले आफ्नै प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस वितरण पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको बोनस र हकप्रद पश्चात चुक्तापूँजी वृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि भदौ १८ गतेदेखि २४ गतेसम्म गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिकमो बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।