जापानले लगायो ७० भन्दा बढी देशमाथि यात्रा प्रतिबन्ध

कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्त राज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । ;समाचार संस्था सीएनएनका अनुसार यात्रा प्रतिबन्ध कहिले समाप्त हुन्...

सम्बन्धित सामग्री

मलेसियाले ओमिक्रोन भेटिएका ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

१३ पुस, काठमाडौं। मलेसियाले सुरुमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भेटिएका ८ अफ्रिकी मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । मंगलबार मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमालुद्दिनले दक्षिण अफ्रिकासहित ८ मुलुकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको बताए । ओमिक्रोन विश्वभर व्यापक फैलिइरहेको हुँदा ८ मुलुकमाथि मात्रै यात्रा प्रतिबन्ध लगाउनु तर्कसंगत नभएको उनको भनाइ थियो । तर यसअघि […]

यात्रा प्रतिबन्ध मात्र समाधान होइन : डब्ल्यूएचओ

हालै अफ्रिकामा देखिएको भनिएको कोरोनाभाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने...

अफ्रिकी नागरिकलाई नेपालमा यात्रा प्रतिबन्ध

काठमाडौं, १२ मंसिर । सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसको संक्रमण अफ्रिकामा देखिएपछि यात्रा प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ । परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ […]

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै द

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

सिड्नी (एजेन्सी) – अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ। कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन्। अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाइ गरेको थियो। नयाँ नियमअनुसार योग्य […]

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

सिड्नी । अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणकाे कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । […] The post हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो

२० भदौ, काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि […]

जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने

काठमाडौ :  जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा  संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। नेपालका लागि  जर्मनी दूतावासका अनुसार  जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरूपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरियन्ट क्षेत्रको वर्गीकृत गरेको थियो। आगामी बुधबारबाट यी राष्ट्रका नागर

साउदी अरबले ११ देशमाथिको यात्रा प्रतिबन्ध हटायो

बीबीसी। साउदी अरबले ११ देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। उक्त मुलुकले कोरोना संक्रमण फैलन नदिन बेलायत तथा अमेरिकालगायतका देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। कोरोना संक्रमण कम हुँदै गएका देशहरुमाथि साउदीले मे २९ मा यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो। साउदीले कुल २० देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अमेरिका, बेलायत, यूएई, जर्मनी, इटली, स्विजरल्यान्ड, फ्रान्सलगायतलाई यस्तो प्रतिबन्ध लगाइएको थियो।

साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध

साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ। बेलायतमा देखिएको कोभिड १९ को नयाँ भाइरसलाई मध्यनजर गर्दै साउदीले यो प्रतिबन्ध लगाएको थियो। साउदीको गृह मन्त्रालयले आइतवार विहान विज्ञप्ति जारी गर्दै विभिन्न देशमा लगाइएको यात्रा प्रतिबन्ध हटाएको जानकारी दिएको हो। साउदी प्रेस एजेन्सीका अनुसार आइतवार विहान ११ बजेदिख हवाई, स्थल…