काठमाडौ : जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। नेपालका लागि जर्मनी दूतावासका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरूपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरियन्ट क्षेत्रको वर्गीकृत गरेको थियो। आगामी बुधबारबाट यी राष्ट्रका नागर