काठमाडौँ- अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि लडाकु समूह तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्था व्यवहारमा कार्यान्वयनमा भने नआएको […]