काठमाडौँ- हुम्लामा रुघाखोकीका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासबाट बिरामी भएकाहरु उपचारका लागि आउने क्रम बढ्न थालेको हो । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरीता बोहराले बताइन् । “दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना […]