काठमाडौं । दार्चुला जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । गत १० दिनको अवधिमा आठ जनामा स्क्रबटाइफस देखिएको हो । त्यस्तै थप तिन जनामा लक्षण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । उनिहरुमा आरडिटी परीक्षण गर्दा लक्षण देखिएको हो । गत बर्ष जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो । जसमध्य २५ जना महिला रहेका थिए […]