काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।
कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछाेपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर श...