तीन वर्षसम्ममा ठूला माछा त समातिएनन् नै, ‘मझौला र भुरा माछा’ भनिएकाहरुले समेत न्यायिक छिनोफानोमा सुरुको अदालतबाटै सफाइ पाएका छन् । प्रमाण जुटाउनुभन्दा पक्राउ श्रृंखलालाई प्राथमिकता दिँदा सुन तस्करीको आरोपमा पक्राउ परेका सबैले सफाइ पाएका हुन् । यतिसम्म कि सरकारी वकिलले मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले समेत सुन तस्करी गरेको पुष्टि गर्न सकेन ।