तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा हजामलाई दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइदिएको छ । उनका अनुसार यसले इस्लामी कानूनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ । राजधानी काबुलका केही हजामले आफूहरुले यस्तै प्रकारको आदेश पाएको बताएका छन् । यो निर्देशनपछि तालिबानको पुराना कट्टर शासन फिर्ता हुने अनुमान गरिएको छ । यद्यपि, तालिबानले भने आफूहरु यसपटक भने नरम हुने दाबी गरिरहेका छन् । .groupT