काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउन आग्रह गरेका छन्। स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका पोखरेलसँगको भेटमा नेता खनालले यस्तो आग्रह गरेका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।‘भेटमा नेता खनालले महासचिव पोखरेललाई तपाईंले पार्टी मिलाउनुस् कमरेड! भनेर आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले तपाईं छिट्टै निको भएर आउनुस्, अनि सल्लाह गरौँ भन्नुभयो।&rs