राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् । उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न