काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको हो । उहाँले आफूलाई कमरेड शब्द धेरै मनपर्ने तथा कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनु भयो । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न ...