प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ । अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई ब