जिल्ला प्रहरी कार्यलय कास्कीले नक्कली सुन बेच्ने ७ जनालाई पक्राउ गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु सहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, चितवन टाँडी