सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो । जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रह