‘म जे गरिरहेकी छु, त्यसप्रति लाज लाग्छ तर मसँग के विकल्प छ र ?’ यो सवाल सम्बन्ध विच्छेद गरेकी तेहरानकी महिला निदाको हो । दिउँसोको उज्यालोमा कपाल काट्ने काम गरिरहेको र आफ्नो जीविका चलाउन निदा रातको अँध्यारोमा यौनकर्मीको रुपमा काम गर्छिन् ।उनी भन्छिन्, ‘म यस्तो देशमा बस्छु जहाँ महिलालाई सम्मानको दृष्टिबाट हेरिन्न । अर्थव्यवस्था ध्वस्त भएको छ । दैनिक जीवनयापनको खर्च प्रत्येक दिन बढिरहेको छ ।’ उनको एक बच्चा पनि छ । ‘छोराको हेरचाहको जिम्मेवारी पनि मेरै काँधमा छ,’ उ