महामन्त्री सिंह र प्रचण्डबीच भेटवार्ता, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर महामन्त्री सिंहले बिरामी भएर उपचाररत सीताको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेट्न सिंह सोही अस्पताल पुगेपनि डिस्चार्ज भइसकेका कारण उहाँको निवासमै पुगेर भेट गर्नुभएको हो । त्यस क्रममा महामन्त्री सिंह र नेकपाका अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा कुराकानी भएको छ । त्यस क्रममा सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनस्र्थापना हुनुपर्छ’ सिंहले भन्नुभयो, ‘यो विषयमा समान धारणा भएका दलहरुले सयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनर्स्थापना गर्न जोड दिनुपर्छ । सिंहले संयुक्त आन्दोलन सम्भव नभएपनि एक अर्को पक्षको आन्दोलनलाई समर्थन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । महामन्त्री सिंहले संसद विघटनविरुद्ध अन्य दल एकमत भएपनि नेपाली कांग्रेसले निर्णय गर्न नसकेको बताउनुभयो । खासगरी कांग्रेसको देउवा पक्ष दोधारमा रहेको उहाँको भनाई थियो । ‘यो विषयमा कांग्रेसको धारणा के हो, उसले स्पष्ट गर्नुपर्छ’ सिंहले भन्नुभयो, यदी कांग्रेस पनि संसद पुनर्थापनाको पक्षमा आउँछ भने हाम्रो समर्थन रहन्छ ।’ सीता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी) बाट पीडित हुनुहुन्छ । दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो ।

सम्बन्धित सामग्री

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत […]

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान […] The post भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री दाहालद्धारा बाबुरामका बुवाको स्वास्थ्यलाभको कामना

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईका बुवाको स्वास्थ्यलाभको कामना गरेका छन् । बाबुरामका ९३ वर्षीय बुवा भोजप्रसाद भट्टराई अस्वस्थ भएर काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर भोजप्रसादको स्वास्थ्यलाभको कामना गरेको बाबुरामले जनाएका छन् । उनले फेशबुकमा तस्विर साझा गर्दै लेखेका छन्- ट्रमा […]

प्रधानमन्त्रीद्धारा प्रदीप गिरिको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । केही […]

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।...

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

अध्यक्ष दाहालद्वारा खनालको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए । भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री […]

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।  नेपाली साहित्यमा  आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए।