उद्योग व्यवसाय सञ्चालन गर्न माग

चितवनका उद्योगी–व्यवसायीले उद्यम व्यवसाय सञ्चालनको माग राखेका छन् । उद्योग वाणिज्य संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई सोमबार ज्ञापनपत्र बुझाउँदै असार ११ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा (लकडाउन) असार १० गते सकिँदैछ […]

सम्बन्धित सामग्री

एफएनसीसीआईले भेट्यो श्रम मन्त्री, बजारको माग अनुसार शीप विकास गर्न जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गरेको छ ।  सो अवसरमा महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत देखिएको बताए । यसबाट उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण तथा सम्भावित समस्या सामना गर्न सरकार र निजीक्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।  ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिएका थिए । उनले वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यावहारिक नीति नियमको पुनरवलोकन हुनुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।  मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावका सम्बन्धमा मन्त्रालयले गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको बताएका थिए ।

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

ब्याजदरमा लकअप प्रणालीको माग

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र […]

अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी

बाँके । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशयी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरूपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक संकटमा फस्न सक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले संघर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेका छोटी भन्सार कार्यालयहरू सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरूपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमि खुला सीमा नाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात ओटा छोटी भन्सार कार्यालय करीब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व संकलन घटेको छ । -रासस

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन गर्न महासंघको माग

उद्योग वाणिज्य महासंघले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ जस्ताको तस्तै पारित भए मुुलुकभित्र खाद्यसँग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने जनाएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्रिय सभामा दर्ता रहेको ऐनका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण […]

उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोनाविरुद्धको खोप उपलब्ध गराएर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग, व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताए । थपिँदो निषेधाज्ञाका कारण...

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।

अर्थतन्त्र सुचारु गर्न व्यवसायीको माग

अर्थविद तथा उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय सञ्चालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नथर्न र जुनसुकै देशबाट खोप ल्याएर […]

युवाको चाहना ‘स्वदेशमै उद्यम’

वैदेशिक रोजगारीबाट फर्केका ५ हजार युवाले नेपालमा उद्योग व्यवसाय गर्न भन्दै सरकारसँग सहुलियत ऋण माग गरेका छन् । यस्ता युवाका लागि सरकारले सञ्चालन गरेको सहुलियत कर्जाअन्तर्गत २५ प्रतिशतभन्दा बढी युवाले उद्योग, व्यवसाय सञ्चालन गर्ने चाहना राखी प्रस्ताव पेश गरेका छन् ।