निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोनाविरुद्धको खोप उपलब्ध गराएर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग, व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताए । थपिँदो निषेधाज्ञाका कारण...

सम्बन्धित सामग्री

खुकुलो मौद्रिक नीति आए अटो विक्री बढ्ने आशमा अटोमोबाइल्स व्यवसायी

काठमाडौं। विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यतिर सरकारले अटो कर्जासम्बन्धी व्यवस्थामा कडाइ गर्‍यो । त्यसको केही समयपछि अटोमोबाइल्सको आयातमै सरकारले प्रतिबन्ध लगायो । कर्जामा कडाइ र आयात प्रतिबन्धले अटोमोबाइल्स व्यवसाय नै धराशयी  बन्न पुग्यो ।  अटोमोबाइल्स व्यवसायीको दबाब र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्ध हटाइसकेको छ । तैपनि अटोमोबाइल्सको विक्री  बढ्न नसकेको व्यवसायी बताउँछन् ।  अटो व्यवसायीले अहिलेको समयमा विक्री नबढ्नुमा बजारमा व्याप्त आर्थिक शिथिलता र ग्राहकको क्रयशक्तिमा आएको कमीको हात रहेको बताएका छन् । कसिलो मौद्रिक नीतिले परिस्थितिलाई अझ खराब बनाएको उनीहरूको दाबी छ ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिमार्फत अटो कर्जामा जोखिम भार कम गर्न र हायर पर्चेज कर्जाको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ । गतवर्षबाट वृद्धि भई १ सय ५० प्रतिशत कायम भएको अटो कर्जाको जोखिम भारलाई पुरानै ७५ प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ ।  नाडाले हायर पर्चेज कर्जाको सीमालाई पनि अहिलेको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ । पहिले पनि हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत नै थियो ।  बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सुधार भइसक्दा पनि उच्च जोखिम भारका कारण अटोमोबाइल्स क्षेत्रमा लगानी नआएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापा बताउँछन् । ‘अहिले पहिलेको जस्तो तरलता अभावको  स्थिति छैन ।  बैंक, वित्तीय संस्थामा आवश्यक तरलता छ । तर, अटोमोबाइल्सको उच्च जोखिम भारका कारण वित्तीय क्षेत्रले लगानी गरिरहेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रहेको दबाबका कारण पनि जोखिम भार बढेको थियो । तर, अहिले त विदेशी विनिमय सञ्चितिमा त्यस्तो दबाब पनि छैन । आगामी मौद्रिक नीतिबाट जोखिम भार घटाउनैपर्छ भन्ने हाम्रो माग हो ।’ नाडा अध्यक्ष थापाका अनुसार हायर पर्चेज कर्जाको सीमा पनि ८० प्रतिशत कायम गर्नुपर्छ । सबैतिर आर्थिक शिथिलता छ । ५० प्रतिशतको सीमाले किन्दा नै आधा रकम तिर्नुपर्दा ग्राहक भेट्न गाह्रो हुन्छ, जसबाट विक्री  घट्न पुग्छ । अटोमोबाइल्स विक्री घट्दा त्यसको असर सरकारको राजस्वमा पनि पर्ने उनले बताए । चालू आवमा कम राजस्व संकलन हुनुको कारण अटोमोबाइल्सको विक्री घट्नु नै रहेको नाडा अध्यक्ष थापाको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अटोमोबाइल्स व्यवसायीका मागलाई सकारात्मक रूपमै लिएको अध्यक्ष धुव्र थापाले जानकारी दिए । ‘आर्थिक स्थिति गतवर्षको तुलनामा सुधार भएकै हो । अब तपाईंहरूको यो मागको सन्दर्भमा के कति गर्न सकिन्छ, त्यो कुरालाई आगामी मौद्रिक नीतिमा समेटने प्रयास गर्नेछौं,’ गभर्नर अधिकारीको भनाइ उद्धत गर्दै नाडा अध्यक्ष थापाले भने ।  आर्थिक अभियानले अटोमोबाइल्स व्यवसायीको मागका विषयमा नेपाल राष्ट्र बैंकमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त भएन । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले यो विषयमा केन्द्रीय बैंकले कुनै टिप्पणी नगर्ने बताए । ‘यस विषयमा नेपाल राष्ट्र बैंकको विचार मौद्रिक नीतिमार्फत नै स्पष्ट रूपमा आउँछ । अहिले हामी केही बोल्दैनौं,’ सहप्रवक्ता पोखरेलले भने ।

निषेधाज्ञा खुकुलो बनाउन नाडाको माग

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले निषेधाज्ञा थप गर्ने नभई खुकुलो बनाउँदै जानुपर्ने बताएको छ । कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेपछि गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्र तहसनहस भएको र नागरिक दुःख, पीडा तथा अभावका कारण सडकमा आउने सम्भावना बढेकाले निषेधाज्ञा खोल्नुपर्ने नाडाको सुझाव छ । अहिलेको घट्दो कोरोनाको संक्रमणलाई हेरेर निषेधाज्ञा खोल्नुपर्ने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । निषेधाज्ञाका कारण समस्या थपिँदै गएकाले उद्योग कलकारखाना खोल्नुपर्ने उनको भनाइ छ । ‘अहिले एक महिनामै अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको नोक्सान भएको छ,’ उनले भने, ‘दसौं लाख रोजगारी धरापमा परेकाले पनि निषेधाज्ञा खुला गर्नुपर्छ ।’ आगामी दिनमा कोरोना संक्रमण बढ्दै गए पुनः जोखिमका क्षेत्र बन्द गरेरै भए पनि अहिलेको अवस्थाअनुसार निषेधाज्ञा खोल्नुपर्ने उनको जिकिर छ । यथाशीघ्र सबैलाई खोप दिएर र स्वास्थ्य सुरक्षा कडाइसाथ पालना गर्न लगाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने नाडाका महासचिव सुुनील रिजालले बताए ।

निषेधाज्ञालाई खुकुलो बनाउन नाडाको माग

नाडा अटोमोबाइल्स एशोसिएशनले लकडाउनलाई खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ । सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले अपिल गरेको हो । नाडाले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको ...