खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।

सम्बन्धित सामग्री

बारा–पर्सा औद्योगिक कोरिडोर : लयमा फर्किने प्रयत्नसँगै तेस्रो लहरको त्रास

वीरगञ्ज । कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको त्रासले भने छोडेको छैन । कोरोनाको तेस्रो लहर आएमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा लगाइने र व्यापार व्यवसाय प्रभावित हुने चिन्ताले उद्योगीहरूलाई सताएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । कोरोनाको दोस्रो लहरमा लगाइएको निषेधाज्ञामा उद्योगको सञ्चालन तुलनात्मक सहज भए पनि बजार बन्द भएकाले समस्या भोगेको स्मरण गर्दै अध्यक्ष गुप्ता भन्छन् ‘निषेधाज्ञा लागू भएपछि उत्पादन भए पनि बजारमा मालसामान पठाउन सकिँदैन । उत्पादन गोदाममै थन्क्याउने अवस्था आउँछ ।’ बजार बन्द भएपछि नयाँ माग र उत्पादन त परको कुरा, विक्री नभएपछि तयारी भइसकेको उत्पादनसमेत गोदाम राख्नुपर्ने उद्योगीहरू बताउँछन् । यसले समग्र अर्थतन्त्रलाई नै बन्द बनाउने गुप्ताले बताए । बजारबाट माग नै नआएपछि कच्चा पदार्थको आयात र तयारी मालसामानको ढुवानीमा गरिएको सहजीकरणले पनि अपेक्षित परिणाम नदिने उद्यमी राजेश क्यालको भनाइ छ । ‘बजारमा उत्पादन नै पठाउन नसकेपछि बाध्य भएर उत्पादन कटौती गर्ने अवस्था आउँछ,’ क्यालले आर्थिक अभियानसित भने । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोपटक ढुवानी सहज भए पनि बजार बन्द भएकाले अधिकांश उत्पादन बन्द भएको उद्यमीहरू बताउँछन् । त्यसबेला मुख्य उत्पालन केन्द्र बारा–पर्साका अत्यावश्यकीय उत्पादनसमेत २०/२५ प्रतिशतमा सीमित भएको उद्योगीहरूले बताए । त्यसताका देशव्यापी बन्दाबन्दी नै नभए पनि उस्तै प्रकृतिको निषेधाज्ञा लगाइएको थियो । एकाधबाहेक अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा व्यापार व्यवसाय ठप्पजस्तै थियो । अहिले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग क्षमताको ७० देखि ८० प्रतिशतमा चल्न थालेका छन् । कोरोना महामारी रोक्न लगाइएको पहिलोपटकको बन्दाबन्दीपछि पनि बल्लतल्ल बौरिएको उद्योग व्यापार दोस्रो लहरको मारमा परेको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएयता दैनिक ३ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । कोरोनाकै कारण दिनहुँ २५/३० जनाको ज्यान गइरहेको छ । कुनै पनि बेला तेस्रो लहर पैmलिन सक्ने स्वास्थ्य क्षेत्रमा विज्ञहरूले बताइरहेका छन् । यस्तो बेला स्वास्थ्य सुरक्षाको चिन्तासँगै उद्यमी व्यवसायीलाई पुनः व्यापार ठप्प हुने हो कि भन्ने आशंकाले गाँजेको नेपाली युवा उद्यमी फोरम वीरगञ्जमा अध्यक्ष अनुप अग्रवाल बताउँछन् । महामारीमा पनि देशको अर्थतन्त्र चलायमान बनाउन अग्रभागमा काम गर्ने उद्यमी र कामदारहरूलाई पूर्ण खोपको व्यवस्था मिलाउनुपर्ने र यसबाट कम्तीमा स्वास्थ्य सुरक्षाको चिन्ता कम हुने सुझाव अध्यक्ष अग्रवालको छ । निकट भविष्यमा तेस्रो लहर आउने सम्भावना भएकाले यसबाट उद्योग व्यापारसँगै अर्थतन्त्र थप समस्यामा पर्ने अध्यक्ष गुप्ताको भनाइ छ ।

अर्थतन्त्र चलायमान बनाउन खोप जरुरी

समयमा नै सरकारले कोभिडविरुद्धको खोपको व्यवस्था नगर्दा नेपाली अर्थतन्त्रमा नराम्रो असर पुगेको देखिन्छ । उद्योग व्यवसाय र वैदेशिक रोजगारका लागि कामदार माग भए पनि उनीहरू कोभिडको खोप नलगाएका कारण अयोग्य सावित भएका छन् । यसले गर्दा राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड मानिएको विप्रेषणमा पनि असर पुगेको छ । कोरोना भाइरसका विभिन्न भेरियन्टको जोखिम बढ्दै जाँदा नयाँ रोजगारी सृजना हुन सकेको छैन । भएको रोजगारी गुम्ने स्थिति छ । सरकारले खोपको व्यवस्था नगर्दा वैदेशिक रोजगार पनि धराशयी हुने संकेत देखिएको छ । खाडी मुलुकले कोभिड १९ को खोप लगाएका कामदारलाई मात्र स्वीकृति दिएपछि थुपै्र नेपाली कामदार खाडी मुलुक जानबाट वञ्चित भएका हुन् । असारको पहिलो हप्ताको सूचनाअनुसार कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले तोकेको फाइजर बायोटेक, स्पुतनिक ५, सिनोफार्म, अक्सफोर्ड अस्ट्राजेनेका खोप लगाएकालाई मात्रै उसले मान्यता दिएको छ । यी खोप लगाएका कामदारले मात्र त्यहाँ सहजै प्रवेश पाउनेछन् । कोरोनाको पहिलो लहर देखिएपछि कुवेतमा पनि नेपाली कामदार लगिएको छैन भने नयाँ भिसा पनि जारी गरिएको छैन । कुवेतले आगामी साउन १७ गतेबाट कोरोनाको खोप लगाएका कामदारलाई भने श्रमअनुमति दिएको छ । कुवेतले भिसा पाएर नेपालमा बसेका कामदारको अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरेको छ जसका कारण उनीहरू साउन १७ गतेबाट कुवेत जान पाउने छन् । तर, सेप्टेम्बरपछि खोप नलगाएकाको भिसा नवीकरण नगरिने बताएको छ । कुवेतको १७, १८, २० र २२ नम्बर भिसा पाएर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ । साउदी अरबले आफ्ना हवाई उडान कम्पनीलाई कोभिड–१९ विरुद्धको खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनको छ । विनाखोप काम गरेको पाइएमा जरीवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति साउदी अरबको छ । यसरी खोपको अभावका कारण थुपै्र नेपालीले रोजगारी गुमाउनु सामाजिक र आर्थिक रूपमा चुनौतीपूर्ण बन्न पुगेको छ । मलेशियाले १ लाख १७ हजार नेपाली कामदार लैजान माग गरे पनि अहिलेसम्म लैजान सकेको छैन । त्यस्तै कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, यूएईबाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय नेपाली कामदारको माग भएको व्यवसायीको भनाइ छ । माग भए पनि खोपको व्यवस्था नभएका कारण नेपाली कामदारहरू त्यहाँ जान पाउने छैनन् । सरकारले निजीक्षेत्रलाई पनि कोभिड खोप खरीद गरी विक्रीवितरण गर्न दिएको भए आज यो अवस्था आउँदैन कि भन्ने देखिन्छ । सशुल्क र निःशुल्क खोपको व्यवस्था गरेको भए सक्नेले शुल्क तिरेर पनि खोप लगाउँथे । तर, सरकारले त्यस्तो व्यवस्था नगर्दा कैयन् नेपाली कामदारहरू आफ्नो हातमा रहेको रोजगारी गुमाउन विवश भएका छन् । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यका रूपमा कतार, साउदी अरब, यूएई, मलेशिया पर्छन् । नेपाली महिला कामदारका लागि कुवेतपछिको प्रमुख गन्तव्य जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । ती देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिलाहरू रहेका छन् । वैदेशिक रोजगारी नराम्रोसँग प्रभावित भएकै बेलामा स्वदेशी उद्योगी व्यवसायीले सरकारले तत्कालै बहुमत नेपालीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नगर्ने हो भने मुलुकको अर्थतन्त्र धराशयी हुने चेतावनी दिएका छन् । सरकार राजनीतिक जोडघटाउमा व्यस्त रहँदा आज नेपालीहरूको आर्थिक अवस्था नराम्रोसँग थिलथिलिन पुगेको छ । छिमेकी भारतले नोभेम्बरसम्ममा सबैलाई खोप लगाउने घोषणा गरेर दु्रतगतिमा अगाडि बढ्दा नेपालले अहिलेसम्म त्यसका बारेमा केही सोच्न सकेको छ्रैन । सरकारले खोप व्यवस्थापन नगर्ने हो भने मुलुकको अर्थतन्त्र असहज बन्ने देखिन्छ । यदि धेरैभन्दा धेरैलाई खोप लगाउने हो भने नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । त्यसैले घरमा थुनेर मात्र समस्या समाधान नहुने हुँदा सरकारले तत्कालै खोप व्यवस्थापनलाई सक्रिय रूपमा अगाडि बढाउनु नै आजको आवश्यकता हो । कोभिड–१९ का कारण विश्वभरिका उद्योग धन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ । हाम्रो देशमा पनि कोरोना महामारीका कारण बन्द भएका व्यवसायहरू अझै सञ्चालमा आउन सकेका छैनन् । कोरोनाका कारण बन्द भएका १० प्रतिशत व्यवसाय सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । केही उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा आउन थालेका छन् । समग्रमा राष्ट्रिय औसतलाई विश्लेषण गर्ने हो भने कोरोना महामारीअगाडिको तुलनामा व्यवसाय सञ्चालनको अवस्था चिन्ताजनक देखिन्छ । कोरोनामहामारीपछि ५३ दशमलव ९५ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखिन्छ भने आंशिक रूपमा ३६ दशमलव ९८ प्रतिशतमात्र सञ्चालनमा आएको देखिन्छ । कोरोनाका कारण बन्द भएका १० प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन नसक्दा १३ प्रतिशतले आप्mनो रोजगारी गुमाउनु परेको छ । स्वदेशमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नहुँदा थुप्रै उद्योग व्यवसाय पूर्णरूपमा बन्द छन् । होटेल व्यवसाय, सिनेमा, सार्वजनिक यातायात, शिक्षण संस्था ठप्प छन् । नेपाली अर्थतन्त्रको प्रमुख अंश मानिएको पर्यटन क्षेत्रमा संलग्न १५ लाख मानिस बेरोजगार बन्न पुगेका छन् । देशले पूर्णरूपमा खोपको व्यवस्था गरेको सन्देश विश्वमा फैलिएपछि मात्र नेपालमा विभिन्न मुलुकबाट पर्यटक नेपाल भित्रिने छन् । नत्र त्यसो नगरेसम्म नेपालको पर्यटन क्षेत्र झन् धराशयी हुने देखिन्छ । यसलाई कोरोनापूर्वको स्थितिमा पुर्‍याउन केही दशक लाग्ने देखिन्छ । हालसम्म देशमा करीब ७० प्रतिशतमात्र उद्योग खुले पनि तिनीहरूको उत्पादन भने ३० प्रतिशतमा मात्र सीमित बनेको छ । राजस्वमा योगदान गर्ने वैदेशिक रोजगार, पर्यटन वा उद्योग व्यवसायलाई पूर्णरूपमा चलायमान गराउने अहिलेको महत्त्वपूर्ण विकल्प नै खोप हो । त्यसैले कोभिड–१९ विरुद्धको खोपका लागि सरकारले ढिलाइ गर्न नहुने देखिन्छ । लेखक कौशल उमाविमा अध्यापन गर्छन् ।

निजी क्षेत्रलाई खोपको व्यवस्था गर्न दबाब

काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।

निजी क्षेत्रलाई खोपको व्यवस्था गर्न दबाब

काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।